Close

September 13, 2017

मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं– मानसिक स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। आउँदो नोभेम्बर १६ र १७ गते काठमाडौंमा उक्त सम्मेलन हुन लागेको हो। स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले सम्मेलन आयोजना गरेको हो।

मानसिक स्वास्थ्यका हिसाबले नेपालसँग एकिन डाटा नभएपनि २५ प्रतिशतमा समस्या रहेको हुनसक्ने अनुमान विज्ञहरुले गरिरहेको अवस्थामा यो सम्मेलन महत्वपूर्ण हुने  महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर दाहालले बताए । मानसिक स्वास्थ्यको समस्या अझै सरकारी र गैरसरकारी क्षेत्रको प्राथमिकतामा नपरिरहेकाले सबैलाई एक ठाउँमा ल्याएबर बहश सिर्जना गरिने उद्देश्य रहेको उनले बताए । उनले भने, ‘यो सम्मेलनको नारा नै कमिङ टुगेदर फर मेन्टल हेल्थ (मानसिक स्वास्थ्यका लागि हातेमालो)’ रहेको छ ।’

सम्मेलनमा मानसिक स्वास्थ्य सम्बन्धिका विभिन्न अनुसन्धान, समाधानका उपाय, राम्रा उपचार विधि, अनुसन्धानकर्ता र डाक्टरका भोगाइले सिकाएका पाठहरु एकअर्कासँग बाँडिनेछन् ।
यसले मानसिक स्वास्थ्यमा लगानी र चासो बढाउने अपेक्षा आयोजकको छ। यसैगरी मानसिक स्वास्थ्यको नयाँ उपचार पद्दतिलाई अपनाउन सहयोग पुग्ने, यही क्षेत्रमा आ–आफ्नो तर्फबाट काम गरिरहेकाहरुबिच सहकार्य गर्ने अवसरको सिर्जना सम्मेलन गर्न सक्ने अनुमान छ ।

Publkished in: http://swasthyakhabar.com/news-details/5889/2017-08-30

Leave a Reply

Your email address will not be published. Required fields are marked *